सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि होली सी का गैरआवासीय Apostolic Nuncio बाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार ४ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि होली सी का गैरआवासीय Apostolic Nuncio H.E. Archbishop Giambattista Diquattro ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा होली सी र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु एवम् होली सी Apostolic Nunciature का अधिकारीको उपस्थिति थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता