सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको दुबै सदनको संयुक्त बैठक आह्वान

आज मिति २०७५ साल असार १ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सम्वत् २०७५ साल असार ३ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता