सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानी विदेश मन्त्रालयका Parliamentary Vice-Minister बाट शिष्टाचार भेट

आज मिति २०७४ साल मंसिर 20 गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानी विदेश मन्त्रालयका Parliamentary Vice-Minister H.E. Mr. Iwao Horii नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित जापानका महामहिम राजदूत एवम् नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

 

(कृष्णमुरारी न्यौपाने)

सहायक प्रवक्ता