सम्माननीय राष्ट्रपतिज्यूबाट बस दुर्घटनामा परि जीवन गुमाउनेहरु प्रति गहिरो दु:ख व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७४ साल कार्तिक ११ गते शनिबारका दिन सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङ्गको गजुरी-५, घाटबेसीस्थित त्रिशुली नदीमा खसि हुन पुगेको दुर्घटनामा परि जीवन गुमाउनेहरु प्रति गहिरो दु:ख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारजनहरुप्रति धैर्य धारणको लागि समवेदना प्रकट गर्नु भएको छ । साथै दुर्घटनामा पर्नुभएका घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उक्त दुर्घटनामा परी वेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै उद्धारकार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस तथा स्थानीय जनहरुप्रति धन्यवाद समेत दिनुभएको छ ।

 

(केशव प्रसाद घिमिरे)

उपसचिव