आज मिति २०७४ साल असोज २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
| क्र.सं. | विधेयकको नाम |
| १. | राष्ट्रिय दलित आयोग विधेयक, २०७४ |
| २. | अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, २०७४ |
| ३. | स्थानीय सरकार सञ्चालन विधेयक, २०७४ |
| ४. | थारु आयोग विधेयक, २०७४ |
| ५. | प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४ |
| ६. | उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४ |
| ७. | राष्ट्रिय महिला आयोग विधेयक, २०७४ |
| ८. | मुस्लिम आयोग विधेयक, २०७४ |
| ९. | कर्मचारी समायोजन विधेयक, २०७४ |
| १०. | राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ |
(कृष्णमुरारी न्यौपाने)
सहायक प्रवक्ता


