आज मिति २०७४ साल असोज २७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
सि.नं. | विवरण |
१. | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४ |
२. | राष्ट्रिय समावेशी आयोग विधेयक, २०७४ |
३. | आदिवासी जनजाति आयोग विधेयक, २०७४ |
४. | मधेशी आयोग विधेयक, २०७४ |
५. | अन्तर-सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ |
६. | राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४ |
७. | राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४ |
(कृष्णमुरारी न्यौपाने)
सहायक प्रवक्ता