सम्माननीय राष्ट्रपतिज्यूबाट सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त

आज मिति २०७३ साल असोज २४ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहायका मुख्य न्यायाधीशज्यूहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ ।

 क्र.सं. नाम थर पद/अदालत
1. श्री बमकुमार श्रेष्ठ मुख्य न्यायाधीश, उच्च अदालत तुलसीपुर
2. श्री डम्बरबहादुर शाही मुख्य न्यायाधीश, उच्च अदालत सुर्खेत
3. श्री टंकबहादुर मोक्तान मुख्य न्यायाधीश, उच्च अदालत पाटन

 

सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्माननीय प्रधान न्यायाधीशज्यूसमक्ष आजै नवनियुक्त न्यायाधीशज्यूहरुले सर्वोच्च अदालतको न्यायाधीश पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।

 

(कृष्णमुरारी न्यौपाने)

सहायक प्रवक्ता