सम्माननीय राष्ट्रपतिज्यूबाट भुक्तान हुन बाँकी कैदको सजाय माफी

आज मिति २०७४ साल असोज १३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा  बडा दशैं, २०७४ को उपलक्ष्यमा कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२क), कारागार व्यवस्थापन कार्यविधि, २०७३  एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका ४५६ (चारसय छपन्न) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता