सम्माननीय राष्ट्रपतिज्यू सडक दुर्घटना हुनका कारण असर सम्बन्धी कार्यक्रममा सरिक

आज मिति २०७४ साल असोज ४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू सडक दुर्घटनाबाट हुन गएको मानवीय क्षति सम्बन्धमा चिन्तित बन्‍नुभएको परिप्रेक्ष्यमा सडक दुर्घटना हुनुका कारण, असर र रोकथामको सन्दर्भमा कार्यालयबाट आयोजित कार्यक्रममा सरिक हुनुभयो । उक्त कार्यक्रममा सडक दुर्घटनाबाट भएको मानवीय क्षति न्यूनीकरण सम्बन्धमा भएका विषयहरुको जानकारी प्रस्तुत गरिएको थियो भने विद्यमान समस्या, प्राविधिक क्षमता, स्रोत साधन एवम् दक्षताबारे सहभागीहरुले आ-आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट सबै सम्वद्ध पक्षहरुबीच समन्वय गरी पूर्वाधारको विकास, सचेतना र चालकमा उत्तरदायीपना विकास गरी दुर्घटना न्यून गराउन र मानवीय क्षति कम गर्ने गरी ठोस कदम चाल्न सुझाव दिनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय श्री बीर बहादुर वलायर, भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री माननीय श्री सीता गुरुङ्ग, महानगरीय ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनाल, अर्थोपेडिक डाक्टरहरु, सम्बन्धित यातायात व्यवसायीका पदाधिकारीहरु एवम् सोधकर्ता लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

 

(केशव प्रसाद घिमिरे)

उपसचिव