सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल भाद्र २६ गते सोमबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिलमा उल्लेखित नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, माननीय सांसदज्यूहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

तपसिल

क्र.सं. नामथर कार्यविभाजन
१. श्री दिपक बोहरा विज्ञान तथा प्रविधि
२. श्री सुनिल बहादुर थापा उद्योग
३. श्री विक्रम पाण्डे वन तथा भू-संरक्ष

 

(मोहनप्रसाद वाग्ले)
प्रवक्ता