सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल श्रावण १० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा काठमाडौं महानगरपालिका -१६, काठमाडौं निवासी श्री भरत बहादुर रायमाझीलाई स्पेनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

 

(मोहन प्रसाद वाग्ले)

प्रवक्ता