सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

आज मिति २०७४ साल असार ११ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४/३/७ को सिफारिस, मन्त्रिपरिषद्को  मिति २०७४/३/८ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७४/३/८  को सिफारिस बमोजिम २०७४ साल असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता