सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल असार ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका नेपाली राजदूतहरुलाई देहायबमोजिम गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

तपसिल

सि.नं. राजदूतको नाम आवासीय राजदूत र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री झविन्द्रप्रसाद अर्याल इजिप्ट संघीय प्रजातन्त्रिक गणतन्त्र इथियोपिया
२. प्रा. विश्वम्भर प्याकुरेल श्रीलङ्का माल्दिभ्स

 

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता