सम्माननीय राष्ट्रपतिज्यूबाट विभूषण प्रदान

आज मिति २०७४ साल जेठ १४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम दशौं गणतन्त्र दिवस, २०७४ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका ५१४ जना महानुभावहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान गर्नु भएको छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता