सजाय माफी

आज मिति २०७३ साल असोज ३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७३/६/२ को सिफारिसमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, कारागार नियमावली (संशोधन सहित), २०२० को नियम २९ को उपनियम (१) र (२क) तथा सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका घनेन्द्र इजम समेत ५३७ (पाँच सय सैतीस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय संविधान दिवस २०७३ को उपलक्ष्यमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।

(ध्रुवराज आचार्य)

सहायक प्रवक्ता