आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका राजदूत H.E. Richard Charles Morris ले राष्ट्रपति भवन, शीतलनिवासमा विदाई भेट गर्नुभयो । सो अवसरमा संयुक्त अधिराज्य र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा नेपालस्थित संयुक्त अधिराज्यको राजदूतावासका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
(हरि प्रसाद दहाल)
प्रवक्ता