संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्‌गलबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

२०७९ साल वैशाख २५  गते आइतबार

(सागर आचार्य)

प्रवक्ता