संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/९/११ को सिफारिसमा सम्वत् २०७९ साल पुस २५ गते सोमबार दिनको १३:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

२०७९ साल पुस १२ गते मङ्गलबार ।

(सागर आचार्य)

प्रवक्ता