“शहीद दिवस २०७३” का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको सन्देश

नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन हाम्रा महान् शहीदहरूका त्याग तथा बलिदानको परिणाम हुन । हामी     सबैलाई राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित हुने प्रेरणा प्रदान गर्दै आदरणीय ज्ञात–अज्ञात शहीदहरूको सपना साकार पार्न कृतसंकल्पित बन्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

वीर, अमर, त्यागी  र भविष्यद्रष्टा शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सकेमा मात्र शहीदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने भएकाले यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी छ ।

राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवं मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

धन्यबाद !

२०७३ साल माघ १६ गते आईतवार ।