विश्‍व स्वास्थ्य सङ्गठनका महानिर्देशकबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनु भएका विश्‍व स्वास्थ्य सङ्गठनका महानिर्देशक महामहिम Dr. Tedros Adhanom Ghebreyeusus ले राष्ट्रपति भवन, महाराजगञ्‍जमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल तथा विश्‍व स्वास्थ्य सङ्गठनबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भयो ।

२०७९ साल वैशाख ९ गते शुक्रबार  ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता