लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष  लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७५/०७६ मा सम्पादन गरिएका कार्यहरु तथा सुझावसहित समावेश भएको साठीऔं वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा लोक सेवा आयोगका माननीय सदस्यहरु लगायत राष्ट्रपतिको कार्यालय एवम् लोक सेवा आयोगका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

   (हरि प्रसाद दाहाल)

  प्रवक्ता