राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल असोज 28 गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

  (हरि प्रसाद दाहाल)

प्रवक्ता