राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७6 साल असोज 28 गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री दावा फुटी शेर्पा र अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनु भएका श्री महेशराज दाहालले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

     (हरि प्रसाद दाहाल)

   प्रवक्ता