विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत H.E. Ms. Nona Deprez ले शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा युरोपियन युनियन र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यूले युरोपियन युनियनले नेपालको विकास साझेदारको रूपमा पुर्याएको योगदान र वातावरण मैत्री, समावेशी र समतामूलक विकासका लागि गरेको सहयोगका लागि धन्यवाद समेत दिनुभयो ।
२०८० साल साउन २३ गते मङ्गलबार ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता