महान्यायाधिवक्ताको राजीना

विज्ञप्ति

नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) मा महान्यायाधिवक्ताले प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष लिखित राजिनामा दिएमा महान्यायाधिवक्ताको पद रिक्त हुनेछ भन्ने व्यवस्था भए बमोजिम सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीले  मिति २०७९/९/११ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ ।

२०७९ साल पुस १२ गते मङ्गलबार ।

(सागर आचार्य)

प्रवक्ता