मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल मंसिर ५ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

क्र.सं. नाम, थर पदनाम कार्यविभाजन
श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
श्री वसन्तकुमार नेम्बाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक

साथै, आजै सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय राज्यमन्त्रीज्यूहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

क्र.सं. नाम, थर पदनाम कार्यविभाजन
श्री मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास

   (हरि प्रसाद दाहाल)

  प्रवक्ता