मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री वीरेन्द्रप्रसाद महतोज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ। साथै, सोही समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्री श्री प्रमिला कुमारीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ।

२०८० साल जेठ १० गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

 

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीज्यूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु हुँदै

सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्रीज्यूले राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु हुँदै