मन्त्रालयको कार्यभार

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाली आउनुभएकोमा प्रधानमन्त्रीको सिफारिसमा उक्त मन्त्रालयको कार्यभार माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

 

२०८० साल वैशाख ५ गते मङ्‌गलबार ।

(सागर आचार्य)

प्रवक्ता