विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ (दुई सय तीन) जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ (चार सय अठहत्तर) गरी कुल जम्मा ६८१ (छ सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय मन्त्रिपरिषद्को मिति २०७९/५/३१ को बैठकको सिफारिसमा मिति २०७९/६/३ गते देखि लागू हुने गरी संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी मिनाहा भएको छ ।
२०७९ साल असोज २ गते आइतबार ।
(सागर आचार्य)
प्रवक्ता