प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति मो. अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७७ साल चैत्र ९ गते सोमबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनबादी गणतन्त्र बंगलादेशतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिज्यूबाट सम्पादन हुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता