प्रेस विज्ञप्ति

आज मिति २०७४ साल भाद्र २३ गते शुक्रबारका दिन ३८ औं राष्ट्रिय शिक्षा दिवस, २०७४ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्राहरुलाई ‘क’ श्रेणीको नेपाल विद्याभुषण पदक २१५ जनालाई, ‘ख’ श्रेणीको नेपाल विद्याभुषण पदक ८२ जनालाई, ‘ग’ श्रेणीको नेपाल विद्याभुषण पदक २८ जनालाई, नेपाल भित्रका विश्‍व विद्यालय/प्रतिष्ठान/परिषदबाट स्नातक तहतर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक २३ जनालाई तथा नेपाल भित्रका विश्‍व विद्यालय/प्रतिष्ठान/परिषदबाट प्रमाणपत्र तह वा सो सरह तर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक ३ जना समेत जम्मा ३५१ महानुभावहरुलाई प्रदान गर्नु भयो ।

 

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता