प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू गणतन्त्र भारतको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०८० साल जेठ १७ गते बुधबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

२०८० साल जेठ १७ गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता