प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मधेश प्रदेशका प्रमुख माननीय हरिशंकर मिश्र मिति २०७९/०७/०९ देखि २०७९/०७/११ गतेसम्म भारतको झारखण्डको भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम बागमती प्रदेशका प्रमुख माननीय यादव चन्द्र शर्मालाई तोक्नु भएको छ ।

२०७९ साल कात्तिक ६ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता