नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाका स्थल सेनाध्यक्ष General Manoj Pande लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभयो । उक्त समारोहमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूका साथै नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो ।

समारोह पश्‍चात् सम्माननीय राष्ट्रपतिज्यूसमक्ष स्थल सेनाध्यक्ष General Manoj Pande ले शिष्‍टाचार भेट समेत गर्नु भयो ।

२०७९ भदौ २० गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता