विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, World Trade Organization (WTO) र World Health Organization (WHO) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ ।
२०८० साल भदौ २२ गते शुक्रबार ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता