निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।

२०८० साल पुस ६ गते शुक्रबार ।

(कृष्णप्रसाद लम्साल)

सहसचिव