गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र अष्ट्रिया, संयुक्त राष्ट्रसङ्‌घ कार्यालय भियानका लागि नेपालको आवासीय राजदूत श्री भरत कुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०७९ साल पुस १३ गते बुधबार ।

(सागर आचार्य)

प्रवक्ता