गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत श्री वासुदेव मिश्रलाई माल्दिभ्सका लागि र अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०७९ साल मङ्‌सिर २५ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता