गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७८ साल जेठ १९ गतेका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम बेल्जियमका लागि नेपालको आवासीय राजदूत श्री गेहेन्द्र राजभण्डारीलाई लक्जेमबर्गका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(रुपनारायण भट्टराई)

प्रवक्ता