कैद सजाय माफी मिनाहा

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ (दुई सय एकहत्तर) जना र नरबहादुर साँवासमेतका ५४७ (पाँच सय सत्‌चालिस) गरी कुल जम्मा ८१८ (आठ सय अठार) जना कैदीहरूको बाँकी कैद सजाय नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गते देखि लागू हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ ।

२०७९ साल जेठ १३ गते शुक्रबार ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता