कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७६ साल बैशाख ११ गते बुधबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनबादी गणतन्त्र चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता