कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल माघ ६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्वत् २०७५ साल माघ ६ गते आइतबार स्वीट्जरल्याण्डतर्फ प्रस्थान गर्नु हुने भएकोले सम्माननीय प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता