कार्यभार तोक्नुभएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीश्री शेरबहादुर देउवाज्यू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन UN Climate Change Conference (COP 26) का अवसरमा हुन गइरहेको World Leaders Summit मा सहभागी हुन सम्वत् २०७८ साल कात्तिक १२ गते शुक्रबार बेलायततर्फ प्रस्थान गर्नु हुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय गृह मन्त्री श्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ ।

२०७८ साल कात्तिक १२ गते शुक्रबार

(सागर आचार्य)

प्रवक्ता