विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
तपसिल
| क्र.सं. | मुलुक | राजदूत | आवासीय/ गैरआवासीय |
| 1. | प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का | H.E. Sudharshana K. Pathirana | आवासीय |
| 2. | गणतन्त्र पनामा | H.E. Mrs. Yasiel Alines Buillo Rivera | गैरआवासीय |
| 3. | बेल्जियम अधिराज्य | H.E. Mr. Didier Anna L. Vanderhasselt | गैरआवासीय |
२०८० साल मङ्सिर २८ गते बिहीबार ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता

![]() |
![]() |
| H.E. Sudharshana K. Pathirana, Ambassador of Democratic Socialist Republic of Sri Lanka | H.E. Mrs. Yasiel Alines Buillo Rivera, Ambassador of The Republic of Panama |
![]() |
|
| H.E. Mr. Didier Anna L. Vanderhasselt, Ambassador of the Kingdom of Belgium |





