ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउदज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. संयुक्त अधिराज्य H.E. Mr. Robert Dominic Russel Fenn आवासीय
२. समाजवादी गणतन्त्र भियतनाम H.E. Mr. Nguyen Thanh Hai गैरआवासीय

२०८० साल साउन ३२ गते बिहीबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

H.E. Mr. Robert Dominic Russel Fenn, Ambassador of the United Kingdom H.E. Mr. Nguyen Thanh Hai, Non-residential Ambassador of Socialist Republic of Viet Nam