उधौली पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालको किरात जातिहरुको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालका विभिन्‍न जातजाति र समुदायहरुले मनाउने चाडपर्वहरुले नेपाललाई साझा फुलवारीको रुपमा सृंगार गर्दै आएका छन् । यहाँ मनाउने उधौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।साथै, यस प्रकारका चाड पर्वहरुले समाजिक एवम् पारिवारीक जमघट गराउने, मनोरञ्‍जन प्रदान गर्ने र समुदायबीचमा आपसी सद्‍भाव सुमुधुर बनाउन सहयोग गरेका छन् ।

यो पर्वले नेपालका सवै जातजाती, एकतावद्ध भै आपसी सद्‍भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशको प्रगतिपथमा संलग्न हुने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७४ मंसिर १७ गते आइतबार ।