इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुलफित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सामाजिक, साँस्कृतिक, भाषिक र जातिय विविधता बीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा इदुलफित्र पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु ।
रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने इदुल फित्र पर्वको विशेष महत्व रहेको छ । स्थिरता र दीगो शान्तिसहित सामाजिक आर्थिक विकास मार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न यस महत्वपूर्ण चाडले सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
मिति २०७५ साल असार गते २ गते शनिबार ।