प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम तपसिल बमोजिमका महानुभावहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

क्र.सं. नाम, थर प्रदेशको नाम
१. श्री सीता कुमारी पौडेल, चितवन गण्डकी प्रदेश
२. श्री गंगाप्रसाद यादव, सप्तरी सुदूरपश्चिम प्रदेश

(रूपनारायण भट्टराई)

प्रवक्ता