प्रदेश प्रमुखहरूलाई पदमुक्त

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।

 

क्र.सं. नाम, थर प्रदेशको नाम
1. श्री अमिक शेरचन गण्डकी प्रदेश
2. श्री सर्मीलाकुमारी पन्त सुदूरपश्चिम प्रदेश

(रूपनारायण भट्टराई)

प्रवक्ता