वर्ग सार्वजनिक सूचना
सार्वजनिक सूचना
प्रेस नोट
सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं, २०७६ को अवसरमा मिति २०७६ असोज २१ गते मंगलबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय प्रदेश प्रमुखज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय न्यायाधीशज्यूहरु, संघीय-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरु, विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह १:0० बजे देखि २:0० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २:३० बजे देखि ३:३० बजे सम्म टीका प्रदान हुने कार्यक्रम रहेको हुँदा सो दिन शीतलनिवासको गेट नं. 1 को ढोका खुल्ला रहने व्यहोरा जानकारीको लागि अनुरोध छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता २०७६ साल असोज १७ गते शुक्रबार
बोलपत्र आह्वानको सूचना
फूलबारी (बगैंचा), सरसफाई व्यवस्थापन र कार्यालय सामान आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना
सूचीकृत हुन आउने बारे
सूचीकृत हुन आउने बारे
प्रेस नोट
सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं, २०७५ को अवसरमा मिति २०७५ कात्तिक २ गते शुक्रबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय प्रदेश प्रमुखज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय न्यायाधीशज्यूहरु, संघीय-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरु तथा निजामती, जंगी, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकहरुलाई अपरान्ह १:०० बजे देखि २:०० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २:०० बजे देखि ४:०० बजे सम्म टीकाको कार्यक्रम रहेको हुँदा सो दिन शीतलनिवासको गेट नं. १ को ढोका खुल्ला रहने व्यहोरा जानकारीको लागि अनुरोध छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता
बोलपत्र स्वीकृत गर्ने सम्बन्धमा
बोलपत्र स्वीकृत गर्ने सम्बन्धमा